तपाईँ सुन्दै हुनुहुन्छः

गहवामाई शक्ति पीठमा बली चढाउनेहरूको भिड

बीरगंज । वीरगञ्जको ऐतिहासिक शक्ति पीठ गहवामाई मन्दिरमा आज महाअष्टमीको अवसरमा बिहानै देखि दिनभर पशुपक्षीको बलि चढाउने भक्तजनको भीड लागेको छ । 

गहवामाई मन्दिरका मूल पुजारीले आइतबार मध्यरातमा धार्मिक परम्परा र विधिअनुसार पूजाआर्चना गरेर पञ्चबलि दिइसकेपछि मात्र श्रद्धालुहरूले भाकल गरेको पशुपक्षीको बलि दिने कार्य बिहानदेखि सुरु भएको हो । 

दुई वर्षदेखि कोरोना सङ्क्रमणको कारण प्रभावित भएको दुर्गा पूजा यस पटक गहवामाई मन्दिरको सौन्दर्यीकरणसहित पूजा आराधना हुँदा दर्शनार्थीहरुको थेग्नै नसक्ने भिड लागेको छ । 

आज पनि वीरगंजमा मेला भर्न आउनेहरूको दिनभर भिड लागेको थियो । बारा, पर्सा, रौतहट लगायत सीमावर्ती भारतीय बजार तथा ग्रामीण क्षेत्रबाट समेत हजारौँको सङ्ख्यामा सर्वसाधारणहरू वीरगंजमा मेला भर्न आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button