तपाईँ सुन्दै हुनुहुन्छः

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार महिला क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेका छन् ।

पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेबाट १ कात्तिकसम्म हुनेछ । प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबिच खेल हुनेछ ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button