तपाईँ सुन्दै हुनुहुन्छः

डबल लिग गर्न एन्फा तयार

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लबहरू तयार भए डबल लिग गर्न आफु तयार रहेको बताएको छ ।

विशेष साधारण सभा सम्पन्न गरेको एन्फाले क्लबहरू तयार भएको अवस्थामा डबल लिगका लागि तयार भएको बताएको हो ।

file photo

सम्पन्न एन्फाको साधारण सभाले घरेलु लिगसहित चालू आर्थिक वर्षको कार्यक्रम र बजेटलाई पारित गरेको छ । कार्यक्रम र बजेट पारित भएसँगै एन्फालाई चालू आर्थिक वर्षमा संघका कार्यक्रम र खर्च गर्ने बाटो खुलेको छ ।

एन्फाले पुस ८ गतेदेखि चैत ४ गतेसम्म ए डिभिजन लिग गर्ने प्रस्ताव गरेको थियो । विशेष साधारण सभाले त्यस निर्णयलाई अनुमोदन गरेको छ । तर लिगको ढाँचाको विषयमा स्पष्ट खाका आइसकेको छैन । एन्फा र क्लबहरू नयाँ लिगको विषयमा निरन्तर छलफलमा छन् ।

एन्फाले अहिले विभिन्न विकल्पमा क्लबसँग छलफल गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button