तपाईँ सुन्दै हुनुहुन्छः

थप ३८ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा दुई हजार आठ सय १८ को नमूना परीक्षण गरिएको थियो । एक हजार दुई सय ८४ ले पिसिआर र एक हजार पाँच सय ३४ को एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

file photo

आज ५२ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार पाँच सय ४७ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सय २२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ । होम आइसोलेसनमा एक हजार एक सय ७०, संस्थागत आइसोलेसन ५२ र आइसियुमा १२ जना सङ्क्रमित रहेका छन् ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button