तपाईँ सुन्दै हुनुहुन्छः

ऐरीको ब्याटिङ वरीयतामा सुधार

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको आइसिसी ब्याटिङ वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।

नयाँ वरीयतामा दीपेन्द्र ५९ औँ स्थानमा रहेका हुन् । ब्याटिङतर्फ नै कुशल भुर्तेलको वरीयता भने यथावत् रहेको छ । नयाँ वरीयतामा कुशल ५४ औँ स्थानमा यथावत् रहेका छन् । बलिङतर्फ सन्दीप लामिछाने १ स्थान वरीयता सुधार गर्दै ६१ औँ स्थानमा उक्लिएका छन् ।

दीपेन्द्र अलराउण्डर वरीयताको १० औँ स्थानमा कायमै रहेका छन् । ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत् रहेका छन् । बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डरमा मोहम्मद नाबी शीर्ष स्थानमा उक्लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button