तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा दशैंं बजार सुरु

जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्ष घटस्थापनादेखि सुरु हुने दशैं बजार सुरु भएको छ ।

दशैं, दीपावली तथा छठ पर्वमा जनतालाई सस्तो दरमा दैनिक उपभोग्य सामाग्रीहरू बिक्री वितरण गर्नका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घले दशैं बजार सञ्चालन गर्दै आएको छ ।

जनकपुरधामको गोपाल धर्मशालामा सुरु भएको दशैं बजारमा स्थानीय तथा राष्ट्रिय रुपमा उत्पादन भएको दैनिक उपभोगका सामाग्रीका साथै खाद्यान्न सामाग्रीका गरी ९४ वटा स्टल रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनुभयो ।

दशैं बजार स्थानीय स्तरमा सस्तो बजारका रुपमा चिनिने भएकाले कतिपय उपभोक्ताहरूले वर्षभरिका लागि चाहिने सामान खरिद गरेर भण्डारण समेत गर्ने गरेका छन् ।

दशैंं बजारको उद्घाटन गर्दै मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले दशैं बजारले आम जनताको चाहना अनुसार सुपथ मूल्यमा सामानहरू उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले दशैंं बजारमा नीजि क्षेत्रका व्यापारीहरूको ठूलो योगदान रहेको बताउँदै उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय सामान उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button