तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनको बैठक भोलि फेरि बस्ने

काठमाडौँ । सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूसहित कार्यदलको बैठक आज पनि बस्यो ।

बैठक अन्तिम निष्कर्षमा नपुगेकाले भोलि फेरि बस्ने प्रधानमन्त्री शेर बहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

परियारका अनुसार बैठकमा सत्तारुढ दलहरूले सिटको सङ्ख्याका बारेमा आ–आफ्ना अडान कायम राखेपछि त्यसमा मिलेर कसरी जान सकिन्छ भन्नेबारे छलफल गरी टुङ्गो लगाउने प्रयास हुँदै आएको छ ।

संविधान र लोकतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धन दलहरूबीच आसन्न निर्वाचनमा गठबन्धन गरेर अगाडी बढ्ने सहमति रहेकाले त्यसपछि लिनुपर्ने बाटो पनि आपसी समझदारीबाट निस्कने नेताहरूले बताउँदै आउनुभएको छ ।

सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुङ्गो लगाउन कार्यदलको समेत सहभागितामा शीर्ष नेताहरूको बैठक निरन्तर रूपमा बस्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button