तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानद्वारा अदालतको अवहेलनाका मुद्दा टार्न आत्मआलोचना

इस्लामावाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले न्यायिक अधिकारीको आलोचना गरेकोमा माफी माग्नुभएको उहाँका वकीलले बिहीबार बताएका छन् ।

अन्तर्राष्ट्रिय प्रसिद्ध क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानलाई गत अप्रिलमा अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत गरिएको थियो तर उहाँले आफ्नो पुनरागमनको योजना बनाइरहनुभएको छ ।

बिहीबार उहाँ इस्लामाबाद उच्च अदालतमा उपस्थित हुनुभएको थियो, जहाँ उहाँले आफ्नो एक निकट सहयोगीलाई हिरासतमा लिएपछि दिएको टिप्पणीका लागि माफी माग्न नसके अदालतको अवहेलनाको अभियोग लगाइने खतरा थियो ।

“सबैले अदालतको सम्मान गर्नुपर्छ र आज उहाँले यही देखाउनुभउको छ,” पूर्व प्रधानमन्त्री खानका वकिल फैजल चौधरीले एएफपीसँग भन्नुभयो ।

चौधरीले भन्नुभयो, “यदि उहाँले कानुनी रूपमा केही गल्ती गरेमा त्यसका लागि माफी माग्नुहुन्छ । अब अवहेलना मुद्दा फिर्ता हुने सम्भावना धेरै छ ।”

पाकिस्तानका अदालतहरूलाई प्रायः सांसदहरूलाई थकाऊ र लामो समयसम्म घुमाउरो कार्यवाहीमा बाँध्न प्रयोग गरिन्छ जुन अधिकार अनुगमनकर्ताहरूले राजनीतिक विपक्षलाई दबाउन प्रयोग हुने गर्छ भनी आलोचना गरिने गरेको छ ।

खानले पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “मेरो लडाई पाकिस्तानको न्यायपालिकासँग होइन । अहिले म वास्तविक स्वतन्त्रताका लागि युद्ध लडिरहेको छु ।”

खानका वकीलले यो मुद्दा प्राविधिक रूपमा अझै सक्रिय रहेको र उहाँले औपचारिक रूपमा ‘क्षमायाचना–पत्र’ पेश गर्ने बताएका छन् ।

यदि उहाँलाई अदालतको अवहेलनाको अभियोगमा दोषी ठहर गरियो भने पाकिस्तानको संविधानले खानलाई आगामी पाँच वर्षका लागि पद धारण गर्न अयोग्य ठह¥याउन सक्छ ।

पाकिस्तानमा सन् २०२३ को अन्त्यसम्ममा आम निर्वाचन हुने कार्यक्रम रहेको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button