तपाईँ सुन्दै हुनुहुन्छः

हिमा गाउँपालिकाका ५० स्वयंसेविकालाई मोबाइल वितरण

जुम्ला  । गाउँमा हुने दुःखी बिरामीका लागि स्वयमसेविका नै विज्ञ चिकित्सक हुन् । गाउँका गर्भवतीको सन्चो बिसन्चो बुझ्ने,टाउको दुख्दा ज्वरो आउँदा सिटामोल दिने काम स्वयमसेविकालेनै गर्छन् । अस्पतालका एमबीबीएस डाक्टरले लाखौँ तलब खान्छन् । तर गाउँका हरेक कष्टमा साथ दिन सक्दैनन् । तर महिला स्वास्थ्य स्वयंसेविका भने सरकारबाट सुविधा नखाने र दिनरात नभनी खटिने बेतलबी चिकित्सक जस्तै हुन् । 

दशकौँदेखि ग्रामीण क्षेत्रको स्वास्थ्य अवस्था सुधारमा उल्लेखीय भूमिका निर्वाह गरेका स्वयम सेविकालाई सङ्घीयता पछि राज्यबाट कुनै सुविधा दिएको छैन । तर पनि बेतलबी गाउँका चिकित्सक स्वयम सेविकाहरूले भने आफ्नो सेवा अनवरत दिइरहेका छन् । राज्यले बेवास्ता गरेको भन्दै सेवा सुविधा बढाउन स्वयम सेविकाहरूले पटक पटक माग गर्दै आए पनि  सुनुवाई भने कुनै निकायबाट भएको छैन । 

तर यहाँको हिमा गाउँपालिकाले पालिकाका सम्पुर्ण स्वयम सेविकालाई मोबाइल सेट वितरण गरिएको छ । गाउँमा कुनै पनि समस्या पर्दा पहिलो सम्झिने व्यक्ति स्वयंसेविका नै हुन् । तर उनीहरू सँग मोबाइल नहुँदा खोज्न जानु पर्ने समस्या थियो । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाही भन्छन्,“स्वयम सेविकालाई सञ्चार सुविधा तथा सहजताका लागि मोबाइल सेट दिइएको हो । जसले गर्दा स्थानीयले समस्या पर्दा सहजै सम्पर्क गर्न सक्ने छन् । सानातिना समस्याहरू फोनबाटै समाधान हुने अपेक्षा छ ।”

समस्या र मागलाई मध्यनजर गर्दै हिमा गाउँपालिका ७ वटै वडाका ५० जना स्वयम सेविकालाई सिम कार्ड सहितको किर्बोड मोबाइल सेट वितरण गरिएको अध्यक्ष शाहीले जनाकारी दिनुभयो । उहाँका अनुसार मातृ शिशु मृत्युदर घटाउन,पोषण स्थितिमा सुधार गर्न,गर्भवतीको चेकजाँच तथा परामर्श दिन र समग्रमा ग्रामीण क्षेत्रको स्वास्थ्य सुधारमा निर्वाह गरेको योगदानको उच्च कदर गर्दै सम्मान पत्र समेत दिईएको छ । 

सञ्चार सुविधाका लागि नयाँ मोबाइल सेट पाएपछि हिमाका स्वयंसेविका मक्ख भएका छन् । कुनै पनि बेला समस्या पर्दा स्वास्थ्य चौकी,जिल्लामा,एम्बुलेन्सलाई फोन गर्न सहज हुने उनीहरूको अपेक्षा छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button