तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा दुई प्रहरी कार्यालय भवनको उद्घाटन

बर्दिबास । महोत्तरीमा दुई वटा प्रहरी कार्यालय भवनको उद्घाटन गरिएको छ । मङ्गलवार ईलाका प्रहरी कार्यालय लोहरपट्टी र प्रहरी चौकी ईटहर्वा कट्टीको नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।

मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले दुवै प्रहरी कार्यालयको उद्घाटन गर्नुभएको हो । ईलाका प्रहरी कार्यालय लोहरपट्टीको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै मन्त्री साहले भौतिक सुविधाले प्रहरी कर्मचारीको मनोबल बढ्ने र कार्यक्षेत्र समेतमा यसले अनुकूल वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।

कुल २ करोड ८१ लाख ३६ हजार रुपैयाँको लागतमा तीन तल्ले कार्यालय–ब्यारेक, मेस, स्नान घर, शौचालय निर्माण गरिएको हो । भजनको निर्माण ललितपुरस्थित भक्त कन्स्ट्रक्सन प्रा.लि.ले गरेको हो ।

यस्तै १ करोड ९७ लाख ६९ हजार रुपैयाँको लागतमा प्रहरी चौकी ईटहर्वा कट्टीको भवन निर्माण भएको हो । यहाँको कार्यालयमा पनि ब्यारेक, मेस, स्नान घर, शौचालय निर्माण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button