तपाईँ सुन्दै हुनुहुन्छः

गिरीको पार्थिव शरीर अन्त्येष्टिको लागि पशुपति पुर्‍याइयो

काठमाडौँ । नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी  कार्यालय सानेपाबाट शव यात्रासहित पशुपति आर्यघाट लगिएको छ । शवयात्रा सानेपा, सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाटसम्म पुर्‍याइएकाे छ । 

आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरूले श्रद्धाञ्जली दिनुभएको छ ।

प्रतिनिधिसभा सदस्य गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा राखिएको थियो । उहाँको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९ः३० बजे निधन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button