तपाईँ सुन्दै हुनुहुन्छः

कृषि पत्रकार महासङ्घ बागमती प्रदेशको अध्यक्षमा अधिकारी

चितवन । नेपाल कृषि पत्रकार महासङ्घ बागमती प्रदेशको अध्यक्षमा मनिष अधिकारी चयन भएका छन् ।

बागमती प्रदेशका क्रियाशील पत्रकारहरूको भेलाले कृषि अभियान अनलाइनका सम्पादक अधिकारीलाई सर्वसम्मत रूपबाट अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा कान्तिपुरका सिन्धुली संवाददाता रामकुमार कार्की, सचिवमा नागरिक दैनिकका मधुसुदन गुरागाईँ, सहसचिवमा चितवन पोष्ट दैनिकका संवाददाता रामशरण गैरे, कोषाध्यक्षमा टिभी टुडेका चितवन संवाददाता दिलीप डल्लाकोटी चयन भएका छन् ।

सदस्यहरूमा दोलखाबाट अविरल बस्नेत, ललितपुरबाट सुभानु आचार्य, सिन्धुपाल्चोकबाट विदुर गिरी, रामेछापबाट सुदर्शन राय, चितवनबाट कमला भुसाल र कृष्णप्रसाद खनाल चयन भएका छन् ।

सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई महासङ्घका केन्द्रीय अध्यक्ष वैकुण्ठ भण्डारी, महासचिव पवन श्रेष्ठ, सचिव गोपाल आलेमगर र केन्द्रीय सदस्य गोमा पाण्डेले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै महासङ्घका केन्द्रीय अध्यक्ष वैकुण्ठ भण्डारीले कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरूको साझा संस्थाका रुपमा स्थापना भएको कृषि पत्रकार महासङ्घले पेशागत अधिकार र श्रमजीवी कृषि पत्रकारको आवाज थप बुलन्द पार्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button