तपाईँ सुन्दै हुनुहुन्छः

अमलेखगन्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह निर्माण सुरु

बारा । पेट्रोलियम पाइपलाइन निर्माणको दोस्रो चरणको परियोजना अन्तर्गत अमलेखगन्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु भएको छ ।

मोतिहारीबाट पाइप लाइनमार्फत डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइप लाइनबाट पेट्रोल आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेखगन्ज डिपोले जनाएको छ ।

मोतिहारीदेखि अमलेखगन्ज ७६ किमीको दूरी रहेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार दोस्रो चरणको कार्य इन्डियन आयल कर्पोरेशन (आइओसी)ले गर्नेछ ।

उक्त पूर्वाधार निर्माण गर्न एक अर्ब ३० करोड लागत लाग्ने अनुमान रहेको डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो ।

भण्डारण गृह निर्माण नभएका कारण पाइप लाइनबाट पेट्रोल ल्याउन नसकिएको उहाँले भन्नुभयो । उक्त परियोजनाअन्तर्गत पहिलो चरणको २०७६ भदौ २४ गते सम्पन्न कार्यबाट पाइप लाइनबाट डिजेल आयात गर्न सुरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button