तपाईँ सुन्दै हुनुहुन्छः

हकप्रद सेयर निष्कासन मार्फत पूँजी वृद्धि गर्ने तामाकोशीको प्रस्ताव

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आफ्ना शेयर धनीहरूलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन मार्फत पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको शुक्रबार काठमाडौँमा भएको १४ औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

साधारण सभामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गर्दै उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद सेयरको माध्यमबाट पूँजी वृद्धिको लागि विशेष प्रस्ताव पेस गरेको बताउनुभयो ।

उहाँले ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी हुनुपर्ने प्रावधान रहेकोमा नियन्त्रण बाहिरको परिस्थिति उत्पन्न भई निर्माण अवधि वृद्धि हुँदा लागत बढेर पूँजी बढाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युत् गृहबाट निस्कने पानीलाई करिब ८ किलोमिटर सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोशी पाँचौँ आयोजना निर्माण गर्ने लक्ष्य प्राधिकरणको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब २९ करोड रुपैयाँ छ । हकप्रद निष्कासन पश्चात् चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button