तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा थर सच्याई नागरिकता लिनेको सङ्ख्या बढ्यो 

रोल्पा । रोल्पा जिल्ला प्रशासन कार्यालयबाट नाम थर सच्याई नागरिकता लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटको तथ्याङ्क अनुसार नागरिकतामा श्रीमानको नाम र दलितको थर सच्याएर नागरिकताको प्रतिलिपि बनाउने सेवाग्राहीहरूको सङ्ख्या बढेको देखिएको हो ।

पहिलो श्रीमानबाट सम्बन्ध विच्छेद भएपछि दोस्रो विवाह गरेका महिलाहरू आफ्नो नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानको नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन् । गएको आर्थिक वर्षमा पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाममा १ हजार ८ सय १० वटा नागरिकता जारी भएको प्रशासनले जनाएको छ । 

वर्षभरि ६० प्रतिशत जति प्रतिलिपि नागरिकतामा पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाम कायम हुने गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनु भयो  त्यसैगरी नागरिकतामा थर सच्याउनेहरूको सङ्ख्या पनि बढिरहेको छ । प्रत्येक वर्ष करिब ५० जनाले थर सच्याएर थर परिवर्तन गरी नागरिकता लिने गरेका छन् । दलितलाई दमाईबाट परियार, कामीबाट विश्वकर्मा लगायतका थर सच्याउनका लागि निवेदन दिने गरेका छन् 

होटल व्यवसाय गर्ने दलितहरू पनि थर परिवर्तन गर्न आउने गर्दछन् । दलित भनेर परिचय खुल्दा उपल्लो थर भएका क्षत्री, ब्राह्मण, ठकुरी, नेवार लगायत मगर जातिका मानिसहरू खान र बास बस्न होटेलमा नआउने पिर चिन्ताले नागरिकताको प्रमाणपत्रमा थर परिवर्तन गराइदिन माग गर्दै निवेदन दिने गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा बताउनुहुन्छ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button