तपाईँ सुन्दै हुनुहुन्छः

नेदरल्यान्डविरूद्ध पाकिस्तानलाई शृंखला

काठमाडौं । लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले घरेलु टोली नेदरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अगावै हात पारेको छ ।

बिहिबार राति ७ विकेटको सहज जित निकाल्दै पाकिस्तान “क्लिन स्विप” तर्फ अगाडि बढेको हो ।

१८७ रनको विजयी लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका तीन ब्याटरले अर्धसतक प्रहार गरे ।

मोहम्मद रिजवानले सर्वाधिक ६९ रन बनाए । यस्तै, कप्तान बाबर अजाम ६९ र आगा सलमानले ५० रनको योगदान गरे । नेदरल्यान्डका भिभिएन किंग्माले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४४ ओभर १ बलमा सबै विकेट गुमाउँदै १८६ रन बनायो ।

उसका बास डि लिडले सर्वाघिक ८९ र टम कुपरले ६६ रनको योगदान गरे । पाकिस्तानका हरिस रउफ र मोहम्मद नवाजले समान तीन विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button