तपाईँ सुन्दै हुनुहुन्छः

३ हजार २ सय ५२ मेट्रिक टन युरिया मल वितरण

बीरगंज ।  किसानलाई मलको आवश्यकता रहेको बेला कृषि सामग्री कम्पनी मधेस प्रादेशिक कार्यालय वीरगन्जले ३ दिनमा ३ हजार २ सय ५२ मेट्रिक टन युरिया मल बिक्री वितरणका लागि पठाएको छ । 

कार्यालयका सूचना अधिकृत आलोक कुमारका अनुसार, भारतको कोलकाता बन्दरगाहबाट वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आएको मल आइतबारदेखि कम्पनीको गोदामसम्म प्राप्त हुन थाले लगत्तै कार्यालयले मल वितरण काम पनि सुरु गरेको छ । 

यस अवधिमा कार्यालयको गोदामसम्म ४ हजार ७ सय मेट्रिक टन युरिया मल प्राप्त भएको उहाँले बताउनुभयो । 

त्यसमध्ये ३ हजार २ सय ५२ मेट्रिक टन मल वितरण गरी सकेको उहाँले बताउनुभयो । 

हालसम्म परिचालित मध्ये सबैभन्दा बढी मल मधेस प्रदेशका जिल्लाले पाएका छन् । यस अवधिमा मधेश प्रदेशको जनकपुरमा ३ सय ६० मेट्रिक टन, ढल्केवरमा ६ सय २१ मेट्रिक टन, नवलपुरमा ५९ मेट्रिक टन, चन्द्रनिगाहापुरमा ३ सय ९२ मेट्रिक टन र कलैयामा ४ सय ४० मेट्रिक टन मल पुगेको छ । 

कुल ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुरले कम्पनीले वीरगन्ज प्रादेशिक कार्यालय र भैरहवा प्रादेशिक कार्यालय गरी दुवै कार्यालयका लागि सिर्सिया सुक्खा बन्दरगाहमा २२ हजार ५ सय मेट्रिक टन ल्याएको छ । 

कूल ३० हजार मेट्रिक टन मलमा १० प्रतिशत अर्थात् ३ हजार मेट्रिक टन मल बफर स्टकमा राखिँदै छ । त्यसपछि बाँकी मलमध्ये १२ हजार मेट्रिक टन वीरगन्ज, १० हजार ५ सय मेट्रिक टन भैरहवा र ४ हजार ५ हजार मेट्रिक टन विराटनगर प्रादेशिक कार्यालयले पाउने सूचना अधिकारी आलोक कुमारले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button