तपाईँ सुन्दै हुनुहुन्छः

गर्भपतन गर्नेमा २० वर्षमुनिका किशोरीको सङ्ख्या बढ्दो

सल्यान । सल्यानमा सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरीको सङ्ख्या बढ्दै गएको पाइएको छ । विगत तीन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा २० वर्ष मुनिका किशोरी सुरक्षित गर्भपतन गर्नेको सङ्ख्यामा वृद्धि भएको पाइएको हो । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २ सय ३३ जनाले गर्भपतन गराएकोमा १४ जना २० वर्ष मुनिका किशोरीले गर्भपतन गराएका छन् । यस्तै आ.व.२०७७/०७८ मा २ सय ९८ जनाले गर्भपतन गराएकोमा १२ किशोरी रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डि.सीले जानकारी दिनु भयो । 

उहाँका अनुसार आ.व. २०७८/०७९ मा २ सय ३ जनाले गर्भपतन गराएकोमा २७ किशोरी रहेका छन् । परिवार नियोजनका साधनको उपलब्धता हुँदा हुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गर्दा यस प्रकारको समस्या देखिएको डिसीको भनाई छ । उहाँले भन्नु भयो परिवार नियोजनका साधन प्रतिको बेवास्ताका कारण पनि गर्भपतन गराउनेको सख्या बढेको देखिन्छ । 

असुरक्षित तवरले गरिएको गर्भपतनमा विभिन्न कारणले गर्भ नरहने तथा सङ्क्रमणका कारण गर्भ तुहिने सम्भावना उच्च रहने चिकित्सकको भनाई छ । विश्व स्वास्थ्य सङ्गठन (२०१२० का अनुसार तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन मानेको छ । 

नेपालमा हाल १२ हप्ता सम्मको गर्भपतनलाई सुरक्षित मानिन्छ । सरकारी मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट १२ हप्तासम्मको गर्भपतन निःशुल्क रुपमा गराउन सकिन्छ ।

त्यस्तै, जर्बजस्ती करणी वा बलात्कारको हकमा भने १८ हप्तासम्मको गर्भलाई जुनसुकै बेला गर्भपतन गर्न सकिने व्यवस्था छ । गर्भमा रहेको शिशु विंकलाङ्ग भएमा, आमाको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएमा पनि जुनसुकै बेला गर्भपतन गराउन सकिन्छ ।

त्यसबाहेक, अनिच्छित गर्भ रहेको खण्डमा नौ हप्तासम्मको गर्भपतन गर्दा त्यसको जोखिम कम रहन्छ भने १२ हप्ता भन्दा माथिका गर्भपतनमा जोखिम हुने सम्भावना बढी रहने चिकित्सकहरू बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button