तपाईँ सुन्दै हुनुहुन्छः

अस्पताल निर्माणका लागि जग्गा दान गर्ने तीन जना सम्मानित

सप्तरी । आफ्नै गाउँमा अस्पताल निर्माण गर्न सहयोग पुगोस् भनेर जग्गा दान गर्ने स्थानीय ३ जना आज सम्मानित भएका छन् ।

खडक नगरपालिका–८ विसनपुरस्थित १५ कट्ठा १९ धुर जग्गा दान गर्ने श्रेष्ठ परिवारका तीन जनालाई नगरपालिकाले अस्पताल शिलान्यासको अवसरमा सम्मान गरेको हो ।

जग्गादाता सूर्यनारायण श्रेष्ठ, लोकेन्द्रनारायण श्रेष्ठ र दीपककुमार श्रेष्ठले आफ्नो नाममा रहेको जग्गा स्थानीय सरकारलाई संयुक्त रूपमा नै पास गरेर दिएको नगरपालिकाका प्रशासकीय अधिकृत बसन्त दासले जानकारी दिनुभयो । उक्त जग्गाको मूल्य झण्डै एक करोड रुपैयाँ पर्ने स्थानीय दिपेश चौधरीले बताउनुभयो ।

उक्त जग्गामा निर्माण हुने १५ शैय्याको आधारभूत अस्पतालको शिलान्यास आज एक समारोहका बीच नगर प्रमुख जयप्रकाश चौधरीले गर्नुभयो ।

प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रा.लि. सँग २१ करोड २९ लाख ४ हजार १०९ रुपैयाँमा भवन निर्माणको ठेक्का सम्झौता असार १५ गते भएको नगर प्रमुख चौधरीले बताउनुभयो । नगर प्रमुख चौधरीका अनुसार ३ वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button