तपाईँ सुन्दै हुनुहुन्छः

एन्फाद्वारा ४५ खेलाडी बन्द प्रशिक्षणमा छनोट

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यु–१७ राष्ट्रिय टोलीका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा छनोट गरेको छ ।

दुई साताअघि देखि खुल्ला छनोटमार्फत एन्फाले ७ सय बढी खेलाडीबाट प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेको थियो । गत बुधबारदेखि भएको छनोट चरणबाट एन्फाले प्रारम्भिक चरणमा रहेका ६० खेलाडीबाट १५ खेलाडीलाई बाहिर राख्दै बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको हो ।

पछिल्लो समय एन्फाको आफ्नै एकेडेमी चुस्त नभएपछि एन्फाले खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्दै आइरहेको छ । यु–१७ टोलीको मुख्य प्रशिक्षकमा ‘ए’ डिभिजन टोली थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ रहनुभएको छ ।

नेपाली युवा टोलीले एक महिनापछि श्रीलङ्कामा भदौ २० देखि भदौ २९ सम्म हुने यु–१७ साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ । नेपाल रहेको समूह ‘बी’ मा भारत र भुटान रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button