तपाईँ सुन्दै हुनुहुन्छः

‘तीन तहको शिक्षालाई जोड्न ९० दिन इन्टर्न गर्नुपर्ने नीति’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन तहको शिक्षालाई जोड्न ९० दिन विद्यार्थीलाई इन्टर्न गर्नुपर्ने नीति ल्याइएको बताउनुभएको छ ।

शुक्रबार विश्वविद्यालय अनुदान आयोगमा ११ विश्वविद्यालयका उपकुलपतिहरूसँगको छलफलमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूलाई ९० दिन इन्टर्न गराउनुपर्ने नीति कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

बैठकमा शिक्षामन्त्री पौडेलले उक्त नीति विश्वविद्यालयहरूलाई आ–आफ्नो ऐनमा व्यवस्था गरेर लैजान निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button