तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिमण्डल हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद् (सूचीसहित)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ  ।

राष्ट्रपतिले प्रधानमन्त्री  देउवाको नेतृत्वमा २०७८ असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नयाँ मन्त्रिपरिषद् जनता समाजवादी पार्टी नेपाल(जसपा)का  तर्फबाट तीन  जना मन्त्रीहरू हेरफेर हुनुभएको छ। नवनियुक्त मन्त्रीहरूमा भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन तथा वातवरण मन्त्रालयमा प्रदीपकुमार यादव हुनुहुन्छ ।

नवनियुक्त मन्त्रीहरूको आजै अपराह्न ४ः०० बजे पद तथा गोपनीयताको शपथ ग्रहण हुने बताइएको छ । राष्ट्रपति भण्डारीले यसअघि यही असार १२ गते मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button