तपाईँ सुन्दै हुनुहुन्छः

गुडिरहेको बसबाट खस्दा यात्रुको मृत्यु

बागलुङ । बागलुङको गलकोटमा गुडिरहेको बसको ढोकाबाट खसेर शनिबार एक यात्रुको मृत्यु भएको छ ।

गलकोट नगरपालिका–११ रिघाफेदीमा बा ३ ख ९१८० नम्बरको बसबाट खसेर रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ का २२ वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

प्रहरीले बस चालक लालबहादुर बानियाँलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button