तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त राजदूतहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राजदूत डा. नरेशविक्रम ढकाल, विष्णुपुकार श्रेष्ठ, कैलाशराज पोखरेल र कान्ता रिजालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको हो ।

सरकारले डा. नरेशविक्रम ढकाललाई कतार, विष्णुपुकार श्रेष्ठलाई जनवादी गणतन्त्र चीन, कैलाशराज पोखरेललाई अष्ट्रेलिया र कान्ता रिजाललाई इजरायलको राजदूतमा सिफारिस गरेको थियो ।

शपथ ग्रहण समारोहमा परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button