तपाईँ सुन्दै हुनुहुन्छः

१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि छत्रेश्वरी गाउँपालिकालाई

सल्यान । १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जिल्लाको छत्रेश्वरी गाउँपालिकाले उचालेको छ ।

असार १० देखि १२ गतेसम्म छत्रेश्वरी गाउँपालिका–१ को भानुभक्त माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा ३६ पदक हात पार्दै छत्रेश्वरी गाउँपालिका उपाधि जित्न सफल भएको हो ।

छत्रेश्वरी गाउँपालिकाले १७ स्वर्ण, ११ रजत र ८ कांस्य जितेको छ । यस्तै ४ स्वर्ण, ११ रजत र ११ कांस्यसहित कुमाख गाउँपालिका दोस्रो भएको छ भने ४ स्वर्ण, ११ रजत र ११ कांस्य सहित दार्मा गाउँपालिका तेस्रो भएको छ ।

भलिबल, कबड्डी, कराँते, एथलेटिक्स लगायतका विभिन्न इभेन्टमा प्रतियोगिता भएको जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा सात पालिकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button