तपाईँ सुन्दै हुनुहुन्छः

बिरगञ्ज महानगरपालिकामा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान 

बीरगंज । नेपाली कांग्रेस वीरगंज महानगर समितिको आयोजनामा आज स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट महानगरमा निर्वाचित उपप्रमुख ईम्तियाज आलमसहित ९ जना वडा अध्यक्ष र ४७ जना वडा सदस्यलाई सम्मान गरिएको छ । 

कार्यक्रममा नेपाली काँग्रेसका सह महामन्त्री फरमुल्लाह मन्सुरले नवनिर्वाचित उपप्रमुख सहितका जनप्रतिनिधिहरूलाई फुलमाला, टिकासहित मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सह महामन्त्री मन्सुरले नेपाली कांगे्रस आगामी निर्वाचनमा ऐक्यबद्ध भई लाग्ने र काँग्रेसको एकलौटी सरकार बनाउने दाबी गर्नुभयो । 

नेपाली कांग्रेस नगर समितिका सभापति मनिन्द्रलाल नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सरकारका सिँचाई तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, काँग्रेसका पूर्व जिल्ला सभापति अजय द्विवेदी, जिल्ला उपसभापति रामनारायण कुर्मी, नगर उपप्रमुख ईम्तियाज आलम, महाअधिवेशन प्रतिनिधि नरेन्द्र साह लगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नगर सचिव शिवचन्द्र यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button