तपाईँ सुन्दै हुनुहुन्छः

जिसस कैलालीको प्रमुखमा काँग्रेसका पदमबहादुर कलेल विजयी

धनगढी  ।  जिल्ला समन्वय समिति कैलालीको प्रमुख पदमा नेपाली काँग्रेसका पदमबहादुर कलेल निर्वाचित हुनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा निर्वाचित कलेलले १३ मत प्राप्त गर्नुभई विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले १२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुषाल १३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र प्रसाद खनालले १२ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी,  जिसस ७ सदस्यमा काँग्रेसका २, माओवादी केन्द्रका २, नेकपा एकीकृत समाजवादीका २, नागरिक उन्मुक्तिका १ जना सदस्य निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले बताउनुभयो । 

जिसस कैलाली निर्वाचनमा सत्ता गठबन्धन (काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी) तथा एमाले र नागरिक उन्मुक्ति पार्टी बिचको गठबन्धन चुनावी मैदानमा होमिएका थिए । 

जिसस कैलालीको निर्वाचन अन्तर्गत आज बिहान ९ः बजेदेखि  दिउसो १ः०० बजेसम्म मतदान भएको थियो । कुल २६ मतदाता रहेको कैलालीमा २५ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button