तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशले ‘सरकारसँग बा–आमा कार्यक्रम’ सञ्चालन गर्ने (पूर्णपाठ सहित)

कास्की । गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम मङ्गलवार प्रदेश सभामा प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत नीति तथा कार्यक्रममा गण्डकी प्रदेशमा आगामी वर्ष ‘प्रदेश सरकारसँग बा-आमा कार्यक्रम’ सञ्चालन हुने उल्लेख छ । ज्येष्ठ नागरिकलाई प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न उक्त कार्यक्रम सञ्चालन गरिने गुरुङले बताउनुभयो । उक्त कार्यक्रमले वृद्धाश्रममा आश्रित, दीर्घ रोग लागेका ज्येष्ठ नागरिकलाई टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रदेश सरकारले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न ‘युवा वैज्ञानिक कार्यक्रम’ पनि सुरु गर्ने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष युवा वैज्ञानिक कार्यक्रम सुरु गर्ने बताउनुभयो ।

पूर्णपाठ यसप्रकार छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button