तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुर गोल्डकप : चर्च ब्वाईज ३-० गोलअन्तरले विजयी

मकवानपुर । हेटौँडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा काठमाडौँको चर्च ब्वाईज क्लब विजयी भएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा शुक्रवार भएको खोलमा बीएफसी चितवनलाई ३–० गोलअन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो । 

शुक्रवारको खेलमा चर्च ब्वाईजका लागि हेमन्त राना मगरले एक गोल गर्दा आशिष चौधरीले दुई गोल गरे । खेलको म्यान अफ द म्याच चर्च ब्वाईजका आशिष चौधरी घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे । अव चर्च ब्याइजले क्वाटर फाइनलमा विदेशी टोली एभिनियर एफसीसंग प्रतिस्पर्धा गर्नेछ । 

मकवानपुरका स्थानीय तहहरू मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ प्राप्त गर्दा म्यान अफ द म्याचले १० हजार रुपैयाँ नगद पाउनेछ । भने, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछ । 

प्रतियोगितामा ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी, खुमलटार युवा क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी बल, फ्रेण्ड्स क्लबसहित हेटौँडाको एफसी विजय यूथ, बागमती युवा क्लब, नव जनजागृति युवा क्लब, बीएफसी चितवन र चर्चव्वाईज क्लबको सहभागिता रहँदा अन्तर्राष्ट्रिय टिमको रुपमा क्यामरुनको एनिनियर एफसी गरी कुल १२ वटा टिमको सहभागिता रहेको छ । करिब १ करोड १८ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button