तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेन फिफा विश्वकप छनोटको प्लेअफ फाइनलमा

काठमाडौं । युक्रेन फिफा विश्वकप छनोटको प्लेअफ फाइनलमा पुगेको छ । गए राति भएको खेलमा स्कटल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै युक्रेन प्लेअफ फाइनलमा पुगेको हो । अब युक्रेनले प्लेअफ फाइनलमा वेल्ससँग खेल्नेछ ।

विजेता टोली कतार विश्वकपमा पुग्नेछ । युक्रेनका लागि खेलको ३३ औं मिनेटमा एन्ड्री यार्मोलेन्को, ४९ औं मिनेटमा रोमन यारेम्चुक र इन्जुरी समयमा आर्टिम डोभयकले गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रेगरले खेलको ७९ औं मिनेटमा एक गोल फर्काए । रुस-युक्रेन युद्धका कारण यो खेल सरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button