तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा प्रथम प्रधानमन्त्री नेहरुको सम्झना

नयाँ दिल्ली । काङ्ग्रेसले शुक्रवार भारतका शिल्पकार प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुलाई उहाँको ५८ औँ वार्षिक पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गरेर सम्झेको छ । नेता नेहरुका पनाति राहुल गान्धीको उपस्थितिमा भएको स्मृति सभामा उहाँका दर्शन, विचार र राजनीति राष्ट्रका लागि आज पनि उत्तिकै सान्दर्भिक रहेका अभिमत वक्ताहरूले प्रकट गरेका छन् ।

प्रथम प्रधानमन्त्रीले नेहरु अगस्ट १९४७ र मे १९६४ को बीचमा कार्यभार सम्हाल्नु भएको थियो । आज कै दिन अर्थात्  मे २७ १९६४ मा उहाँको निधन भएको थियो । काङ्ग्रेस अध्यक्ष सोनिया गान्धीले यहाँस्थित शान्ति वनमा नेहरुप्रति पुष्पार्पणसहित श्रद्धाञ्जली दिनुभयो । 

काङ्ग्रेसले पण्डित नेहरुलाई साहसी स्वतन्त्रता सेनानी, आधुनिक भारतका शिल्पकार, एक राजनेता, दूरदर्शी, देशभक्त एवं भारतमाताको सच्चा पुत्रका रूपमा प्रशंसा गरेको छ । पार्टीले आफ्ना प्रथम प्रधानमन्त्रीलाई उहाँको पुण्य तिथिमा करोडौँ अभिवादन र अर्बौँ श्रद्धाञ्जली अर्पण गरेको छ । नेता नेहरुप्रति पार्टीका वरिष्ठ नेताहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button