२०७९ साल असार २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

बाघको आक्रमणबाट महिलाको मृत्यु

रेडियो नेपाल २०७९ जेठ १० गते २०:५५

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–२ कोठियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया कौशिका शाही रहेकी छन् ।

बाख्रा चराउन खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा गएको बेला साँझ करिब ६ बजेको बाघको आक्रमणबाट उनको मृत्यु भएको डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रवीण विडारीले बताउनुभयो ।

तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित