तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीको वराहक्षेत्र नगरपालिकामा कांग्रेस बिजयी

सुनसरी । एमालेले आफ्नो गढ मान्दै आएको सुनसरीको वराहक्षेत्र नगरपालिकामा नेपाली काँग्रेसले जित हासिल गरेको छ ।

वराहक्षेत्र नगरपालिकामा नेपाली काँग्रेसका रमेश कार्की प्रमुख र उपप्रमुख नेकपा एमालेका नन्दकुमारी सुनुवार निर्वाचित हुनुभएको छ । 

वराहक्षेत्र नगरपालिका प्रमुखमा निर्वाचित कार्कीले एमालेका निलम खनाललाई ५ हजार १ सय ३९ को मतान्तरले पराजित गर्नुभएको हो ।  कार्कीले १९ हजार २ सय ९३ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी खनालले १४ हजार १ सय ५४ मत पाउनुभयो । खनाल वराहक्षेत्र नगरपालिकाका निवर्तमान नगर प्रमुख हुनुहुन्छ ।

वराहक्षेत्र नगरपालिका पुनः संरचनापछि वडा नम्बर ६ बाहेक मेयर, उपमेयर कुनै पनि पदमा विजयी हासिल गर्न नसकेको काँग्रेस यस पटक भने ८ वटा वडा र मेयरमा जित हासिल गरेको हो  ।

वराहक्षेत्रका ५ वटा वडा क्षेत्र नम्बर १ मा पर्दछ भने ५ वटा वडा नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको ४ नम्बर क्षेत्रमा पर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button