तपाईँ सुन्दै हुनुहुन्छः

हालसम्म ७ सय १६ पालिकाको अन्तिम परिणाम सार्वजनिक

फाइल तस्बिर

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ७ सय १५ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले ३ सय १४, नेकपा एमालेले १ सय ९४, नेकपा माओवादी केन्द्रले १ सय २०, जनता समाजवादी पार्टी २१, नेकपा एकीकृत समाजवादीले ९ र अन्यले ५८, स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ९०, नेकपा एमालेले २ सय १९, नेकपा माओवादी केन्द्रले १ सय २८, जनता समाजवादी पार्टी ३० र अन्यले ४८ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ५ सय ८०,  नेकपा एमाले २ हजार ६६, नेकपा माओवादी केन्द्र १ हजार ३६, जनता समाजवादी पार्टी २ सय ८१ र अन्य ५ सय ६४ गरी ६ हजार ५ सय २७ जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनको मत गणना जारी

प्रतिक्रिया राख्नुहोस्

Back to top button