तपाईँ सुन्दै हुनुहुन्छः

शैक्षिक प्रणालीमा पृथक प्रयोगका लागि इजरायलमा अन्तर्राष्ट्रिय तालिम , नेपालका २६ शिक्षाविद् सहभागी

काठमाडौं इजरायलको जेरुसेलममा सञ्चालन भएको शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय तालिममा नेपालबाट २६ जना शिक्षाविद्ले भाग लिनुभएको छ ।

अध्यापन प्रक्रिया सम्बन्धी उक्त तालिम इजरायलको दातृ निकाय माशाभको सहयोगमा जेरुसेलमको आरोन ओफ्री अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्रले मे ९ देखि १९ गतेसम्म सञ्चालन गरेको थियो।

दिगो विकास लक्ष्य अनुरूप शैक्षिक प्रणालीमा पृथक प्रयोगका लागि नयाँ उपकरण तथा ज्ञान प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको काठमाडौँस्थित इजरायली दूतावासले बताएको छ ।

सहभागीहरूलाई तालिमको क्रममा इजरायलका विद्यालयहरू, शैक्षिक केन्द्रहरू शिक्षक तालिम संस्थाहरू र शैक्षिक स्रोत केन्द्रहरूको भ्रमण गर्नुभएको थियो ।

कोभिड–१९ महामारी पछि इजरायलमा सञ्चालन भएको तालिममा सहभागी हुने नेपालीहरूको यो पहिलो समूह हो ।

शिक्षा, कृषि, स्वास्थ्य र उद्यमशीलता सम्बन्धी विभिन्न तालिममा सहभागी हुन हालसम्म ३ हजारभन्दा बढी नेपाली इजरायल पुगिसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button