२०७९ साल असार २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

रेडियो नेपाल २०७९ जेठ ७ गते १८:२१

बागलुङ । देशभर पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ३० को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७९ हजार ६२ पुगेको छ । 

एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार २०९ रहेको छ । पछिल्लो समय थप १२ सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९६२ पुगेको छ ।  

नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४८ रहेको छ । होम आइसोलेसनमा १४८ रहेका छन् भने आइसियु र भेन्टिलेटरमा एक/ एक जना रहेको बताइएको छ । 

सम्बन्धित