तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको जोशीपुर गाप अध्यक्षमा नागरिक उन्मुक्ती पार्टी विजयी

धनगढी । कैलालीको जोशीपुर गाउपालिकाको अध्यक्षमा पदमा नागरिक उन्मुक्ती पार्टीका चित्रबहादुर चौधरी निर्वाचित हुनु भएको छ ।

अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित चौधरीले ४ हजार ९०३ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका बन्शराम बडायकले ३ हजार ३६८ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी उपाध्यक्ष पदमा नागरिक उन्मुक्तीका रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । उहाँका निकटम प्रतिद्वन्दी नेकपा माआवादी केन्द्रका दिर्घ बिनाडीले ३ हजार ९ सय ६१ मत प्राप्त गर्नु भएको छ ।

यसैबिच जोशीपुर गाउपालिकाको ७ वडा मध्य ४ वडामा नागरिक उन्मुक्ती, एक वडामा एमाले, एक वडामा जसपा र एक वडा माओवादी केन्द्रले जित हासिल गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button