तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर महानगरपालिकाको प्रमुख पदमा काँग्रेसको अग्रता कायम

मोरङ । विराटनगर महानगरपालिकामा मतगणनाको पछिल्लो विवरण अनुसार महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता कायम गरिरहनुभएको छ भने नेकपा एमालेका उम्मेदवार दोस्रो स्थानमा हुनुहुन्छ ।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणना स्थल आदर्श माध्यमिक विद्यालयबाट जारी गर्नुभएको सूचनामा नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाले १० हजार ३६३, नेकपा एमालेका सागर थापाले सात हजार ८८२, स्वतन्त्र उम्मेदवार (लालटिन)का उमेश यादवले ३ हजार ३६१ र राप्रपाका प्रह्लादप्रसाद साहले २ हजार १३४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले ८ हजार ९९३, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले ५ हजार ६१८, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले २ हजार ५७५ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले १ हजार ९४१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button