तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको माडी र सुनिल स्मृति गाउँपालिकामा माओवादी केन्द्र विजयी

रोल्पा । रोल्पाको माडी र सुनिल स्मृति गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ ।

माडी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका अमरसिंह घर्ती ३ हजार ८ सय ३० मत प्राप्त गरी विजयी हुनुभयो । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय कुमार घर्ती मगरले ३ हजार ३ सय ७१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा माओवादी केन्द्रकी जयपुरी घर्ती ३ हजार ९ सय ६६ मत प्राप्त गरी विजय हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका कृष्ण बहादुर विकले ३ हजार ५० मत पाउनुभयो ।

त्यसैगरी सुनिल स्मृति गाउँपालिका अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका मणिराम बुढाथोकी ६ हजार ६२ मत प्राप्त गरेर विजयी हुनुभयो । प्रतिस्पर्धी नेपाली काँग्रेसका गन्ज बहादुर क्षेत्रीले ३ हजार ८ सय ९३ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मिना थापा ६ हजार ३७ मत प्राप्त गरी विजयी हुनुभयो भने प्रतिस्पर्धी नेपाली काँग्रेसकी तेजकुमारी विष्टले ३ हजार ४ सय मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button