तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको निस्दी गाउँपालिकामा एमालेको ‘क्लिन स्वीप’

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ७ वटै वडामा नेकपा एमाले प्यानलसहित विजयी भएको हो ।

एमालेका मुक्त बहादुर सारू ६ हजार ६ सय ५२ मत प्राप्त गर्दै पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्द प्रसाद अर्यालले ३ हजार ४ सय ६६ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा एमालेकी तिरण कुमारी श्रेष्ठ ६ हजार ६ सय ३८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम प्रसाद खत्रीले ८ सय ३० मत प्राप्त गर्नुभएको छ ।

सात वटै वडामा पनि एमाले प्यानलसहित विजयी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button