तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा २३ वडाको मतगणना सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङका नौ स्थानीय तहका २३ वटा वडाको मतगणना सम्पन्न भएको छ ।

२३ वडाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेले ११ वडामा विजय हासिल गरेको छ भने नेपाली कांग्रेस र नेकपा माओवादीले ६, ६ वडामा विजय हासिल गरेका हुन । एक वडा ओलाङचुङ गोलामा छेतेन शेर्पा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

हालसम्म फुङलिङ नगरपालिकाको ३ वडामा गणन सम्पन्न भएको हो । नगरमा वडा नं १ मा नेपाली कांग्रेस विजयी बनेको छ भने वडा १० र ११ मा नेकपा माओवादीका उम्मेदवार विजयी बनेका हुन ।

यता पाथीभरा यङबरक गाउँपालिकाको वडा नं १ को मतगणना सम्पन्न हुँदा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् ।

आठराई त्रिवेणी गाउँपालिको वडा नं ४ र ५ वडाको मतगणना सम्पन्न हुँदा ४ मा नेकपा एमाले र ५ मा नेकपा माओवादी केन्द्र विजयी बनेका हुन । यता मैवाखोला गाउँपालिमा ३ वडाको मतगणना हुँदा वडा ४ मा नेपाली कांग्रेस, ५ मा माओवादी केन्द्र र ६ मा नेकपा एमालेले विजय हासिल गरेका छन् ।

जिल्लाको फताङलुङ गाउँपालिकामा ३ वटा वडाका मतगणना सम्पन्न हुँदा १ र २ मा माओवादी केन्द्र र ३ मा नेपाली कांग्रेस विजयी बनेका छन् ।

मिक्वाखोला गाउँपालिकाको १ र २ दुवै वडाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेले विजय हासिल गरेका छन् ।

मिरेङदेन गाउँपालिको ४ वडाको मतगणना सम्पन्न हुँदा १, ५ र ६ मा नेकपा एमाले र ४ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।

जिल्लाको सिरिजंगा गाउँपालिकामा भने १ मा एमाले र ७ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी बनेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यता सिदिङमा गाउँपालिमा १ र २ वडामा एमाले र ७ मा नेपाली काँग्रेसले विजय हासिल गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button