तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल एयरलाइन्सले जेठ २ गतेदेखि काठमाडौँ–भैरहवा उडान गर्ने

काठमाडौँ । नेपाल एयरलाइन्सले आगामी जेठ २ गते काठमाडौँ–भैरहवा उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले एक सूचना जारी गर्दै जेठ २ गतेदेखि काठमाडौँ–भैरहवा उडान गर्ने जनाएको हो ।

बुद्ध जयन्तीको अवसर पारेर जेठ २ बाट गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक रूपमा व्यावसायिक उडान सुरु हुने भएको छ । सोही अवसरमा नेपाल एयरलाइन्सले पनि उडान गर्न लागेको हो । यस दिन कुवेतबाट जजिरा एयरवेजले विमानस्थलमा उद्घाटन उडान गर्ने भएको छ ।

यस दिन ए ३२० न्यारो बडी जहाजले उडान गर्ने भएको छ । काठमाडौँबाट बिहान ६ बजे उड्ने यो जहाज भैरहवाबाट भने ८ बजे काठमाडौँका लागि उड्ने भएको छ । सर्वसाधारण यात्रुले पनि टिकट काटेर उडान गर्न पाउने भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button