२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि महिला क्रिकेट टोलीको घोषणा

रेडियो नेपाल २०७९ वैशाख २९ गते १९:०८

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले युगान्डासँग आगामी जेठमा आयोजना हुन लागेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले कप्तान रुविना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

टोलीका अन्य खेलाडीमा सीता रानामगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता रानामगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, ममता चौधरी, अश्मिना कर्माचार्य, सुमन खतिवडा, सङ्गीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, बिन्दु रावल, ईश्वरी विष्ट, डोली भट्ट, हिरणमायी रोय र ऋतु कनोजिया हुनुहुन्छ ।

नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा अफ्रिकी मुलुक युगान्डासँग पाँच वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न लागेको हो ।

क्यानले कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले युगान्डासँग जेठ २, ३, ५, ६ र ७ गते पाँच वटा टी–२० खेल खेल्नेछ ।

सम्बन्धित