तपाईँ सुन्दै हुनुहुन्छः

‘सार्वजनिक शिक्षा सुधारको अभियान सुरु भयो’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बुधवार काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न सार्वजनिक विद्यालयहरूको अनुगमन गर्ने क्रममा मन्त्री पौडेलले नेपालको सार्वजनिक शिक्षामा भौतिक पूर्वाधारको सुधार, कानुनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेकाले त्यसका निम्ति सरकार लागिरहेको बताउनुभयो ।

मन्त्री पौडेलले निजी क्षेत्रले पनि शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा नलिई न्यूनतम शुल्कमा पढाउनुपर्नेमा जोड दिनुभयो । सरकारले निजी क्षेत्रलाई पनि ध्यान दिइरहेको उहाँको भनाइ छ ।

उहाँले सार्वजनिक सुधारको अभियान काठमाडौँ महानगरपालिकाबाट सुरु भएको समेत उल्लेख गर्नुभयो । निजी क्षेत्रलाई पनि राज्यले नै स्वीकृति दिएको हुनाले सँगै लिएर जानुपर्नेमा उहाँको जोड छ ।

मन्त्री पौडेलले सार्वजनिक सुधार मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै आगामी आर्थिक वर्षमा शिक्षामा बजेट वृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button