तपाईँ सुन्दै हुनुहुन्छः

सांसद बानियाँ बलात्कारको आरोपमा पक्राउ


नेपालगञ्ज। मुगुबाट निर्वाचित नेकपा एमालेका सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ पर्नुभएको छ । बानियाँलाई काठमाडौँबाट फर्किँदै गर्दा नेपालगञ्ज विमानस्थलबाट हिजो साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रवक्ता मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।

बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीय एक महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा बानियाँ विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button