तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयका रुख अवैध कटान गर्ने प्रधानाध्यापक र अध्यक्ष जमानतमा छुटे

डडेलधुरा । विद्यालय हाता भित्रका रुख अवैध रुपमा कटानी गर्ने विद्यालयका प्रधानाध्यापक र अध्यक्ष जमानतमा छुटेका छन् । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई कोरोना भाइरसको संक्रमण देखिएपछि १० दिनका लागी जमानतमा छोडिएको डिभिजन वन कार्यालय डडेलधुराले जनाएको छ । 

परशुराम नगरपालिका–५ परिगाउँमा रहेको भुवनेश्वरी नमुना मावि हाता भित्रका रुख अवैध रुपमा कटान गरेपछि प्रधानाध्यापक डम्बर सिंह थ्वाल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडक बोहरालाई वन कार्यालयले अनुसन्धानका लागी नियन्त्रणमा लिएको थियो ।  

डडेलधुरा जिल्ला अदालतमा १० दिनको म्याद थप गरी बिहीबार जमानतमा छोडिएको वन अधिकृत राम बिचारी ठाकुरले बताउनुभयो ।  सिसम र दुई वटा हल्दुका रुख प्रक्रिया नपुगाई विद्यालयले कटनी गरेको वन कार्यालयले जनाएको थियो । कटान भएका काठको परिणाम १८८ दशमलव ८० क्युफिट रहेको वन कार्यालयले जनाएको छ । डडेलधुरामा सिसमको काठ कटानको आदेश नै छैन । 

विद्यालयमा भवन निर्माण गर्नु पर्ने भए पछि रुख काटेको विद्यालयका प्रधानाध्यापक थ्वालले बताएका छन् । विद्यालयले यस अघि पनि विद्यालय हाता भित्रका खयरका रुख अवैध रुपमा कटान गरी बिक्री गरेको स्थानीयको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button