तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्र सोलुखुम्बुको अध्यक्षमा असिम राई

सोलुखुम्बु  । नेकपा माओवादी केन्द्र सोलुखुम्बुको अध्यक्षको जिम्मेवारी पार्टी सचिव असिम राईलाई दिइएको छ ।

माओवादी केन्द्रको १ नम्बर प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकले युवा नेता राईलाई पार्टी अध्यक्षको जिम्मेवारी दिएको हो ।

यसअघिको जिल्ला कमिटीको पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्दै थुलुङदुधकोशी गाउँपालिकाका निर्वाचित अध्यक्ष समेत रहेका राईलाई पार्टी अध्यक्षको जिम्मेवारी दिइएको हो ।

सचिवको जिम्मेवारी भने जिल्ला कमिटीको पहिलो बैठकले टुङ्ग्याउने जनाइएको छ । 

प्रदेश कमिटी बैठकले पार्टी सह–इन्चार्जको जिम्मेवारी प्रदेश कमिटी सदस्य ठमनाथ पराजुली (ध्रुव)लाई दिएको छ । पराजुली यसअघि जिल्ला कमिटी उपाध्यक्ष हुनुहुन्थ्यो । जिल्ला इन्चार्ज भने यस अघिदेखि नै पार्टी केन्द्रिय सदस्य एवं सङ्घीय सांसद हेमकुमार राई ‘सुरविर’ रहनुभएको छ ।

त्यस्तै, माओवादी केन्द्रले सोलुखुम्बुको आठ स्थानीय तहमा इन्चार्ज तोकेको छ । माओवादी केन्द्र प्रदेश नं १ को बैठकले सोलुका आठ नेतालाई पालिका इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ । 

माओवादीको खुम्बु पासाङल्हामु गाउँपालिकाको इन्चार्जमा नाम्गेल शेर्पा, नेचासल्यानमा केशरबहादुर राई, लिखुपिकेमा गाउँपालिका अध्यक्ष समेत रहेका डम्बरबहादुर बस्नेत, थुलुङ दुधकोशीमा घनश्याम नेपालीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । 

त्यस्तै, गणेश कुमार राई (वसन्त) माप्य दुधकोशी, सोलुदूधकुण्ड नगरपालिकामा दावातेन्जी लामा, महाकुलुङमा दिप कुलुङ र सोताङमा मदन राईलाई माओवादीको इन्चार्ज तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button