तपाईँ सुन्दै हुनुहुन्छः

एपिएफ फुटबल क्लब २० औँ आहा रारा गोल्डकपको फाइनलमा

पोखरा । ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई स्तब्ध पार्दै विभागीय नेपाल एपिएफ फुटबल क्लब २० औँ आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

एपिएफले १० खेलाडीमा समेटिएको मछिन्द्रलाई ३–१ ले स्तब्ध पार्दै इतिहासमा दोस्रो पटक आहा राराको फाइनलमा पुगेको हो । यसअघि एपिएफ २०६४ मा फाइनलमा प्रवेश गरेको थियो । पोखरा रङ्गशालामा बुधवार एपिएफको जितमा सनिश श्रेष्ठ, प्रदीप लामा र नवीन लामाले गोल गरे । मछिन्द्रका ओमोलाजा नुरेन करिमको बराबरी गोल खेलको नतिजा बदल्न पर्याप्त रहेन ।

अब एपिएफले उपाधिको लागि आर्मी र मनाङबिचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।

प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएका थिए ।

आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button