तपाईँ सुन्दै हुनुहुन्छः

तेलको मूल्य सात वर्ष यताकै उच्चस्तरमा

काठमाडौँ । तेलको मूल्य सात वर्ष यताकै उच्चस्तरमा पुगेको छ । मध्यपूर्वको तेल भण्डारण केन्द्रमा आक्रमण हुँदा आपूर्तिमा असर पर्न सक्ने भन्दै व्यापारीहरू चिन्तित भएपछि तेलको मूल्य बढेको हो ।

संयुक्त अरब इमिरेट्समा यमन हुथी विद्रोहीले ड्रोन आक्रमण गरी तीन वटा इन्धन टयांकर विस्फोट गराएको थियो । सोमबार आबुधाबी विमानस्थल नजिकै भएको आक्रमणमा तीन जनाको निधन भएको थियो ।

यस्तै साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको राजधानी सनामा हवाई आक्रमण गरी २० जनाको ज्यान लियो ।

तेलको मूल्य बढ्नुको कारण कोरोना महामारीबाट द्रुत रुपमा विश्वको आर्थिक पुनरुत्थान हुने आशामा आएको कमीका कारण भएको पनि मानिएको छ । जसकारण जीवाश्म इन्धनको माग बढ्नेछ ।

तेलको धनी राज्यमा भएको आक्रमणका कारण माग बढ्ने अपेक्षासँगै मूल्य बढेको हो । यो मूल्य अक्टोबर २०१४ पछिको सबैभन्दा धेरै हो ।

तेलको मूल्यका लागि अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुड बुधवार १.०९ प्रतिशतले वृद्धि भएर प्रतिबेरल ८८.४६ डलर पुगेको छ । मङ्गलवार करिब १ प्रतिशतले बढेर प्रतिबेरल ८७.२२ डलर पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button