तपाईँ सुन्दै हुनुहुन्छः

फेवा किनारमा सडक महोत्सव हुने

कास्की । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘सडक महोत्सव’ हुने भएको छ । 

यही पुस १५ देखि १७ गतेसम्म रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) को आयोजनामा लेकसाइडस्थित फेवा किनारमा २३ औँ सडक महोत्सव हुने भएको हो ।

फेवा किनारमा रहेको करिब ३ किलोमिटर सडकमा महोत्सव हुने भएको हो । कोमागाने पार्कमा महोत्सव स्थल भए पनि सडकमै खानाका परिकार देखि विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन हुने रेवानले जनाएको छ ।

‘समृद्ध समाजको लागी सुरक्षित पर्यटन प्रवर्द्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरामा महोत्सव आयोजना गर्न लागिएको महोत्सव संयोजक नरेश भट्टराईले बताउनुभयो ।

आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी रेवानले सडक महोत्सवमा स्थानीय हस्तकलाको विशेष पर्दशन प्रवर्द्धन गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले बताउनुभयो ।

महोत्सव सञ्चालनबाट बचेको रकममध्ये वार्षिक १ लाख रुपैयाँ फेवाताल संरक्षणमा खर्च गर्दै आएको र विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर, सडकमा सोलार बत्ती र सिसिटीभहिरु जडान गर्दै आएको  रेवानले जनाएको छ ।

महोत्सवमा विभिन्न मौलिक भेषभुषा प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगितात्मक लागि रात्रिकालीन बस सेवाको पनि व्यवस्था गरिएको रेजानका सचिव भीष्म राज पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button